केन्द्रीय राज्य मन्त्री बघेल र राज्यपालबीच शिष्टचार भेट

IMG-20241123-WA0227

गान्तोक: तीन दिवसीय सिक्किम भ्रमणमा आएका केन्द्रीय मत्स्य, पशुपालन एवं डेयरी मन्त्रालय र पञ्चायती राज राज्यमन्त्री प्रोफेसर एसपी सिंह बघेलले आज राज्यपाल ओम प्रकाश माथुरसँग राजभवनमा शिष्टचार भेट गरे। भेटघाटको क्रममा राज्यपाल र मन्त्रीबीच सिक्किम राज्यको विकासको सम्बन्धमा विभिन्न विषयमा चर्चा भयो। यस अवसरमा विशेष गरेर सिक्किम राज्यमा मत्स्यपालन परियोजनालाई विस्तार गर्न र राज्यका मत्स्य पालकहरूलाई आत्म निर्भर बनाउनको निम्ति राज्य सरकारले शुरू गरेका विभिन्न योजनाबारे राज्यपालले केन्द्रीय मन्त्रीलाई अगत गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement