४०औं गवर्नर्स गोल्ड कपः नर्थईष्ट युनाइटेड र गान्तोक हिमालयन एससी-बीच फाइनल आइतवार

IMG-20241123-WA0228

गान्तोक: पाल्जोर स्टेडियममा जारी ४०औं गवर्नर्स गोल्ड कप इण्टरनेशनल फूटबल टुर्नामेण्टको फाइनल आइतवार नर्थईष्ट युनाइटेड फूटबल क्लब र स्थानीय टीम गान्तोक हिमालय स्पोर्टिंग क्लबबीच खेलिनेछ। सिक्किम फूटबल एसोसिएशनको तत्त्वावधानमा आयोजित यस प्रतिष्ठित फुटबल प्रतियोगितामा जम्मा १६ वटा अग्रणी टीमले हिस्सा लिएको थियो। यसमा ४ वटा विदेशी फुटबल क्लब पनि सामेल थियो। विदेशी टीमहरूबाट दर्शकहरूलाई धेरै आशा भए पनि नेपालको चर्च बोयज युनाइटेडलाई छोड़ेर मलेशिया, दुबई र भुटानका टीमहरूले आशानुरुप प्रदर्शन गर्न सकेन। यसबीच शुरुदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै आईएसएलको टीम नर्थईष्ट युनाइटेड फूटबल क्लब र स्थानीय टीम गान्तोक हिमालय स्पोर्टिंग क्लबले फाइनलमा नाम लेखायो। नर्थईष्ट युनाइटेड एफसी-ले सेमिफाइनलमा गोकुलम केरला एफसी-लाई पराजित गरेको थियो। यसरी नै गान्तोक हिमालयन स्पोर्टिंग क्लबले सेमिफाइनलमा चेन्नईयन एफसी-विरुद्ध जीत हासिल गरेको थियो। आइतवा मुख्यमन्त्री एकादश, सिक्किम र जीटीए एकादश, दार्जीलिङबीच प्रदर्शनी म्याच पनि खेलिनेछ, जसमा मुख्यमन्त्री पीएस गोलेले पनि हिस्सा लिनेछन्। हाई भोल्टेज फाइनलको आनन्द लिन स्टेडियममा दर्शकहरूको ओईरो लाग्ने तय छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement