फुलबारी: ममता बनर्जीको प्रभाव राज्यको उपचुनावमा जारी छ। ममताको नेतृत्वमा पार्टीले ६ वटै सिटमा क्लिन स्वीप गरेको छ। तृणमूल कांग्रेसले सिताई, नैहाटी, हरोआ, मेदिनीपुर, मदारीहाट र ताल्डाङ्ग्रा सिटमा तृणमूल कांग्रेसको झण्डा फहरायो। योसँगै भाजपाको गढ मानिने मदारीहाट सिटमा पनि ममता बनर्जीको पार्टीले सफलता हात पारेको छ। यीमध्ये ६ सिट तृणमूल कांग्रेसले जितेको छ। तृणमूलको जितपछि आज साँझ फुलबारी बटला मोडको फुलबारी नम्बर २ मा आँचल तृणमूल कांग्रेसका कार्यकर्ताहरु उत्सव मनाउँदै आएका छन्। तृणमूलका कार्यकर्ताहरूले पटेका पड्काएर र अबीर दलेर विजयको उत्सव मनाएका थिए।