कालो सागर, जसलाई अंग्रेजीमा ब्ल्याक सी भनिन्छl यो विश्वका सबैभन्दा अनौठा र रहस्यमय समुद्री क्षेत्रमध्ये एक हो। यो सागर युरोप र एसियाबीच अवस्थित छ र यसको चारैतिर टर्की, रूस, युक्रेन, बुल्गेरिया, रोमानिया र जर्जियाजस्ता देशहरू छन्। कालो सागर भूमध्य सागरसँग बोस्पोरस जलडमरूमध्य र मारमरा सागरमार्फत जोडिएको छ। यसको क्षेत्रफल लगभग ४,३६,००० वर्ग किलोमिटर छ र यसको गहिराइ लगभग २,२०० मिटर छ। कालो सागरको सबैभन्दा अनौठो विशेषता यसको तलको एनोमिक (अक्सिजनरहित) पानी हो। गहिरो भागमा अक्सिजनको कमीका कारण यहाँ जीवजन्तु र बोटबिरुवाहरू बाँच्न सक्दैनन्। केवल ब्याक्टेरिया र केही सूक्ष्मजीवहरू मात्र यहाँ जीवित रहन सक्छन्। समुद्रको तल्लो तहमा मिथेन र हाइड्रोजन सल्फाइडजस्ता ग्यासहरूको ठूलो मात्रा पाइन्छ। यी ग्यासहरू समुद्री तल्लो भागमा जैविक पदार्थको अपघटनबाट उत्पन्न हुन्छन्।
कालो सागरको इतिहास पनि धेरै महत्त्वपूर्ण छ। यो प्राचीन सभ्यताहरूका लागि एक महत्वपूर्ण व्यापारिक मार्ग रहेको थियो। यसका किनाराहरूमा थुप्रै ऐतिहासिक स्थलहरूको खोज पनि गरिएको छ। कालो सागर, आफ्नो अनौठो भौगोलिक र पर्यावरणीय विशेषताका कारण, विज्ञान र इतिहास दुवैका लागि एक अध्ययनको केन्द्रबिन्दु बनेको छ।