गान्तोक: सिक्किममा पर्यटकीय मौसममा फेरि हिमपात भएको छ। सिक्किमको छाङ्गु तालमा शनिबार फेरि हिमपात भएको छ। सिक्किमको छाङ्गु मात्र होइन, यस दिन सिक्किमका अन्य धेरै क्षेत्रमा पनि हिमपात भएको समाचार छ। यस हिमपातका कारण पर्यटकीय सिजनमा पर्यटकमा छुट्टै खुशीको वातावरण छ। यस दिन हिउँ परेको बेला धेरैले त्यो क्षणलाई क्यामेरामा कैद गरेको देखियो। एक शब्दमा भन्नुपर्दा पर्यटकीय सिजनको शुरुमै पटक पटक हिमपात हुँदा पर्यटकहरूमा खुशीको लहर छाएको छ। जसका कारण सिक्किम र रक टाउनलगायत पहाडी क्षेत्रमा भीड बढ्दै गएको छ।