गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले भगवान श्री सत्य साई बाबाको ९९औं जन्म जयन्तीको शुभ अवसरमा निस्वार्थता र सद्भावको उहाँका आदर्शहरूप्रति आफ्नो प्रतिबद्धतालाई नवीकरण गरौं भनी आह्वान गरेका छन्। आज उनले सोशियल साइट फेसबुक पोस्ट लेखे ‘भगवान श्री सत्य साई बाबाको जयन्तीको शुभ अवसरमा हामी उहॉंको प्रेम, सेवा र विश्व बन्धुत्वका दिव्य शिक्षाहरूप्रति श्रद्धापूर्वक नमन गर्छौं। उहाँको नि:स्वार्थ सेवा र सत्यको सन्देशले मानवतालाई धार्मिकता, प्रेम र करुणाको मार्गमा डोऱ्याइरहन्छ।’ मुख्यमन्त्रीले यस दिनलाई मनाउने क्रममा हामी निस्वार्थता र सद्भावको उहॉंका आदर्शहरूप्रति हाम्रो प्रतिबद्धतालाई नवीकरण गरौं, जुन हाम्रो सिक्किमे लोकाचारसँग गहिरोसँग प्रतिध्वनित हुन्छ भनी बताएका छन्।










