बिराटनगर: नेपाल राष्ट्रिय बांग्ला समाज केन्द्रिय कार्यालय बबरमहल काठमाण्डूका पधाधिकारी/सदस्य संग बिराटनगर बंगाली समाजको केही अगुवा एवं समाजसेवीहरु संग बिराटनगर ट्राफिक चौक दारी दाइ कफी सपमा आज बसेर नेपाल राष्ट्रिय बांग्ला समाजको विस्तार एवं हालसम्मको कार्य तथा अगामी रणनिती बारे छलफल गरिएको छ ।सो छलफलमा पार्थो सरकार केन्द्रीय अध्यक्ष, प्रमोद कुमार चक्रवर्ती केन्द्रिय सदस्य, चन्दना सेन गुप्ता केन्द्रिय सदस्य, दिपक चन्द्र सेन संस्थापक आजिवन सदस्य, आजिवन सदस्य पार्थ सारथी सेन(मिठु गुरु), सन्जिब शुक्ला बिराटनगर कमिटी उपाध्यक्ष, राजकुमार दास बिराटनगर कमिटी कोषाध्यक्ष, अनुप कुमार दास समाजसेवी, संतोष सरकार फिल्म डाइरेक्टर एवं लेखक, तापोस दास समाजसेवी र राजिब सरकार लगायतको उपस्थिती रहेको थियो।