मेघालयको गमबेगरे सीटबाट एनपीपी उम्मेद्वार मेहताब विजयी

IMG-20240717-WA0003

शिलंग(मेघालय): मेघालयको एकमात्र गमबेगरे सीटमा एनपीपी उम्मेद्वार मेहताबले जीत हासिल गरेका छन्। नेशनल पीपुल्स पार्टी(एनपीपी)का मेहताब चांडी अगितोक संगमाले १२,६७८ मत प्राप्त गरेर ४५९४ मतको अन्तरमा जीत दर्ता गरेका छन्। उनले अल इण्डिया तृणमूल कंग्रेसको सधीरानी एम. संगमा (८०८४)-लाई ४५९४ मतले परास्त गरे। अन्य परास्त हुनेहरूमा ७६९५ भोट प्राप्त गर्ने इण्डियन नेशनल कंग्रेसका उम्मेद्वार जिंगजंग एम. मारक तथा ७१० भोट प्राप्त गर्नेे भारतीय जनता पार्टीका बर्नार्ड एन. मराक समेत अन्य उम्मेद्वारहरू सामेल छन्। बिहान आठ बजेदेखि शुरू भएको मतगणनाको पहिलो अनि दोस्रो चरणमा एनपीपी उम्मेद्वार मेहताब ११०८४ मतहरूले आफ्ना प्रतिद्वन्दी तृणमूल कंग्रेस पार्टीकी उम्मीदवार साधियारानी एम संगमाभन्दा अघि थिइन्। जबकि कंग्रेस, भाजपा समेत अन्य चार उम्मेद्वारहरू मतगणनाको दोस्रो चरणमा धेरै पछि परेका थिए। गत १३ नोभेम्बरमा सम्पन्न भएको मेघालयको एकमात्र सीटको चुनाउमा छःजना उम्मेद्वारहरूले उम्मेद्वारिता गरेका थिए। पार्टीको यस जीतमा एनपीपी नेताहरूले प्रसन्नता व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement