३० नोभेम्बरदेखि  १४औं सिलगढी महकुमा पुस्तक मेला शुरु हुने

IMG-20241123-WA0206

सिलगढी: सार्वजनिक शिक्षा विस्तार तथा पुस्तकालय सेवा विभागद्वारा सिलगढीमा १४औँ सिलगढी महकुमा पुस्तक मेला आयोजना हुनेभएको छ। सिलगढीका मेयर गौतम देवले शनिबार दिउँसो सिलगढी बांगिया साहित्य परिषदको बैठक कक्षमा एसडीओसँग पत्रकार सम्मेलन गरी यस पुस्तक मेलाको बारेमा जानकारी दिए। उनले भने कि यो पुस्तक मेला सिलगढी बाघजातिन पार्कमा नोभेम्बर ३० देखि दिसम्बर ६ सम्म हुनेछ। जहाँ ५० भन्दा बढी पुस्तक स्टल रहनेछन्। यसका साथै सँधै झैं पुस्तकप्रेमीहरुका लागि सांस्कृतिक कार्यक्रम र विभिन्न पुस्तकहरु राखिएको छ। यस वर्षको पुस्तक मेलामा टाढा टाढाबाट पुस्तक जम्मा हुने भएको छ,  यसले नयाँ पुस्तालाई आकर्षित गर्छ भन्ने सबैलाई लागेको छ। साथै विद्यालयका विद्यार्थी र कलेजका विद्यार्थीलाई पुस्तकमुखी बनाउन पुस्तक मेलामा विशेष पहल गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement