खरसाङ: युग अवतार भगवान सत्य साई बाबाको ९९औँ जन्मोत्सव आज विभिन्न साई केन्द्रहरूमा पूर्ण भक्तिभाव अनि श्रद्धापूर्वक एवम् हर्षोल्लासका पालन गरियो। सत्य, धर्म, शान्ति, प्रेम अनि अहिंसा जस्ता मानव मूल्यहरूलाई साथमा लिएर सेवा नै धर्म रहेको बताउँदै सम्पूर्ण मानव जातिमा प्रेमको बीजारोपण गर्ने सत्य साई बाबाको ९९औँ जन्मदिनको अवसर पारेर श्री सत्य साई सेवा संगठन अन्तर्गत पश्चिम बंगाल राज्य (दुई) ले सप्ताहव्यापी रूपमा विभिन्न सेवामूलक तथा आध्यात्मिक कार्यक्रमहरू आयोजना गर्योl

शनिवार बाबाको जन्म दिनमा संगठन अन्तर्गत विभिन्न समिति तथा भजन केन्द्र अनि भजन मण्डलीहरूमा प्रभातकालीन सुप्रभातम, नगरसंर्कीतन आदिसँगै दिउँसो साई केन्द्रहरूमा विविध साङ्गीतिक एवम् आध्यात्मिक कार्यक्रमहरू सम्पन्न गरियो। यसै अवसरमा संगठनको दक्षिण दार्जीलिङ जिल्लाका विभिन्न समितिहरूले पनि बाबाको जन्मोत्सवको कार्यक्रम गरिएको रिपोर्ट प्राप्त भएको छ।