ग्रेड-III अधिकारीहरूको लागि क्षमता निर्माण प्रशिक्षण

IMG-20240717-WA0003

कोक्राझार(असम): कोक्राझार जिल्ला प्रशासनद्वारा असम प्रशासनिक स्टाफ कलेजको सहयोगमा कोक्राझार जिल्लाका ग्रेड-III अधिकारीहरूको लागि चार दिवसीय जिल्ला प्रशिक्षण कार्यक्रम आयोजना गरिँदैछ। यस कार्यक्रमको उद्देश्य क्षमता निर्माणलाई सशक्त बनाउनु तथा जनसेवा वितरणको दक्षतामा सुधार गर्नु हो। गत ११ नोभेम्बरदेशि शुरू भएको यस प्रशिक्षण सत्रको आयोजन चाँदमारी, कोक्राझारको बोडोल्याण्ड प्रशासनिक स्टाफ कलेजमा गरिएको छ जुन आगामी २८ नोभेम्बरमा समाप्त हुनेछ। अधिकारीहरूलाई सरकारी कार्यप्रणालीका महत्वपूर्ण पक्षहरू जस्तै कार्यालय प्रक्रिया, वित्त औ लेखामाथि प्रशिक्षित गरिँदैछ जसबाट उनीहरूलाई प्रशासनिक प्रक्रियाहरूलाई सुव्यवस्थित बनाउने व्यवहारिक कौशल प्रदान गर्न सकियोस्।पहिलो ब्याचको समापन सत्र हालैमा आयोजना गरियो जसमा डीसी मसंदा पार्टिन सहित एडीसी, सहायक आयुक्त औ वित्त अधिकारीहरू उपस्थित थिए। तेस्रो ब्याच वा अन्तिम ब्याचको आगामी २५ नोभेम्बरदेखि शुरू हुनेछ। टेरिटोरियल आर्मी भर्ती एकाई, कोकराझारका लेफ्टिनेन्ट कर्नल सुरेन्द्र सिंहद्वारा संचालन गरिनेछ। यस सत्रमा दुई चरण हुनेछ, एउटा ग्रेड-III प्रशिक्षुहरूको तेस्रो ब्याचको लागि अनि दोस्रो बोडोल्याण्ड विश्वविद्यालय, सीआईटी कोकराझार औ विभिन्न सरकारी विभागीय अधिकारी, कर्मचारी एवं विद्यार्थीहरूको लागि।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement