नगाउँ(असम): गए राती एउटै परिवारका चारजना सदस्यहरूको हत्या भएको घटना नगाउँ जिल्लाको रूपहीहाटस्थित गड़ाजानमा भएको हो। जानकारी अनुसार गड़ाजानमा उपद्रवीहरूले घरभित्रै पसेर धारिलो हतियारले प्रहार गरी एउटै परिवारका चारजना सदस्यहरूको हत्या गरिदिए। मृतकहरूको पहिचान साक्षी सरकार, सुरधनी सरकार, सनुधर सरकार औ सुरधर सरकारको रूपमा भएको छ। यस विभत्स हत्याकाण्डको खबर फैलिएपछि क्षेत्रमा सन्त्राष व्याप्त भएको छ। सूचना पाएर स्थानीय पुलिस अनि जिल्लाका वरिष्ठ अधिकारीहरू घटनास्थलमा पुगे।









