धुबड़ी (असम)::आगमनीको गरेरहाटमा भएको सड़क दुर्घटनामा तीनजना मानिसहरूको घटनास्थलमै मृत्यु भएको घटना राती साढ़े एघार बजे गरेरहाटमा भएको हो।यस घटनामा एकजना घाइते पनि भएका छन् जसलाी गम्भीर अवस्थामा धुबड़ी मेडिकल कलेज एवं हस्पितलमा भर्ती गरिएको छ। मृतकको लाशलाई पोस्टमर्टमको लागि मेडिकल कलेजमा लगियो।राष्ट्रिय राजमार्ग नजिक एउटा ट्रक (एएस-०१ ओसी-०५१९)- लाई खराब भएको कारणले आगामनी अन्तर्गत गरेरहाट बजारमा मरम्मत गरिरहेको थियो। सोही समय गौरीपुरदेखि पश्चिम बंगाल तर्फ गइरहेको गाडी (एएस -०१ एई- ८३६०) आएर ट्रकसित ठोक्कियो।
चारैजना युवकहरू रास मेला हेर्नका लागि पश्चिम बंगाल तर्फ गइरहेका युवकहरूको घर गोलकगञ्ज, पुल किनारमा रहेको बताइँदैछ। मृतकहरूको पहिचान धनञ्जय राय, विकास कलिता, राम रायको रूपमा भएको छ भने घाइते युवको पहिचान खणिन्द्र प्रधानको रूपमा भएको छ। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी मामिलाको जाँच गरिरहेको छ।