ग्रीनडेल स्कूलमा एक परिवार, एक उद्यमी’ माथि सचेतना कार्यक्रम आयोजित

गान्तोक: सानैदेखि युवावस्थामा उद्यमशीलताको भावना र भिन्न सोचको जगेडा गर्ने उद्देश्यले ग्रीनडेल सिनियर सेकेण्डरी स्कूलमा ‘एक परिवार, एक उद्यमी’ सम्बन्धी एक दिवसीय सचेतना कार्यक्रम आयोजना गरियो। ग्रीनडेल स्कूल र सूचना एवम जनसम्पर्क विभागक संयुक्त पहलमा आयोजना गरिएको यस कार्यक्रममा वाणिज्य एवनम उद्दयोग विभागका सचिव एवम आयुक्त एचके शर्मा मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने मत्स्य पालन निर्देशालयका निर्देशक एन जसवन्त विशिष्ट अतिथिकोरूपमा उपस्थित थिए।

आफ्नो संक्षिप्त सम्बोधनमा मुख्य अतिथि एच.के. शर्माले ग्रीनडेल स्कूलले विद्यार्थीहरूको समग्र विकासमा मार्गदर्शक सिद्धान्तको रूपमा नेतृत्वको भावनालाई आत्मसात गर्ने पहलको शुरू गरेकोमा प्रशंसा गरे। उनले वाणिज्य तथा उद्योग क्षेत्रको आफ्नो अनुभव साझा गर्दै राज्य सरकारका विभिन्न नीतिहरूले कसरी उद्यमशीलताको भावनालाई प्रोत्साहन गर्दै आएको छ भन्ने प्रष्ट पारे।

उनले बालबालिकामा उद्यमशीलता अभिवृद्धि गर्न अभिभावकमा चेतना जगाउनु अहिलेको आवश्यकता रहेको बताए। यसका साथै उनले ग्रीनडेल स्कूलले विशेष गरी महिला उद्यमशीलतालाई प्रोत्साहित गर्ने उद्देश्यले विद्यार्थीहरूमा उद्यमशीलताको भावना सिर्जना र पालनपोषण गर्न पहल गरेकोमा खुशी प्रकट गरे।

कार्यक्रममा एक उद्यमशीलता प्रतियोगिता पनि राखिएको थियो जसमा विद्यालयका विद्यार्थीहरूले छनौटमा परेका पाँचवटा समूहले स्टार्ट-अपमाथि विचारहरू प्रस्तुत गरेका थिए। सृजनात्मक वैचारिक मञ्च रुम्तेकद्वारा ३४औ भेटघाट कार्यक्रम एवं भाषा मान्यता दिवस पालन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement