गोर्खाल्याण्ड एक्टिभिष्ट समूहद्वारा सोनादामा टाँस्यो पोस्टर

WhatsApp-Image-2024-11-23-at-18.38.41

सोनादा: गोर्खाल्याण्ड एक्टिभिष्ट समूहद्वारा दिल्लीमा हुने दुई दिवसीय धरणा प्रदर्शनलाई लिएर पोस्टर अभियान चलाएको गरिएको छ। विशेष गरेर आगामी २७ नोभेम्बरदेखि हुन गइरहेको संसदको शीतकालीन अधिवेशनलाई ध्यानमा राखेर गोर्खाल्याण्ड एक्टिभिष्ट समूहले गोर्खाल्याण्डको मागमा आगामी १३ र १४ दिसम्बरमा दिल्लीमा दुई दिवसीय धरणा प्रदर्शन गर्ने भएको छ। यसै धारणालाई लिएर मानिसहरुमा जागरुक गराउन तथा सहभागिताको लागि आह्वान गर्दै आज गोर्खाल्याण्ड एक्टिभिष्ट समूहद्वारा सोनादा क्षेत्रमा पोस्टर टाँसेको छ।‌ गोर्खाल्याण्ड एक्टिभिष्ट समूहको मुख्य संयोजक किशोर प्रधानको विशेष उपस्थिति र दिल्ली धरणा समितिको संयोजक बिक्रम छेत्रीको अगुवाईमा सोनादा क्षेत्रमा पोस्टर अभियान चलाएको हो।‌ यसबारेमा पत्रकारहरुसित कुराकानी गर्दै गोर्खाल्याण्ड एक्टिभिष्ट समूहका सदस्य देवप्रसाद प्रधानले भने, ‘गोर्खाल्याण्ड हाम्रो आवश्यकता हो, र यसको लागि बाटो बनाउनुपर्छl’ संसदको शीतकालीन अधिवेशनलाई ध्यानमा राखेर गोर्खाल्याण्ड एक्टिभिष्ट समूहले दिल्लीमा दुई दिवसीय धरणा प्रदर्शन आयोजना गरिरहेको छ र उक्त धरणामा सबैको सहभागिताको आह्वान् गर्दै पोस्टर अभियान चलाएको जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement