धनकुटा र उदयपुरमा प्रहरीद्वारा गाँजाका बोट फडानी गरे

IMG-20241123-WA0196

धनकुट्टा :कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले धनकुटा र उदयपुर जिल्लामा व्यापक रूपमा गाँजाका बोट फडानी गरी नष्ट गरेको छ।
सुरक्षा सुनिश्चितता अभियान अन्तर्गत सञ्चालित यस कारबाहीमा अवैध रूपमा लगाइएका र प्राकृतिक रूपमा उम्रिएका गाँजाका बोटहरू नष्ट गरिएको हो।
धनकुटामा इलाका प्रहरी कार्यालयले छिन्ताङ, भेडेटार, पाख्रीवास, प्रहरी चौकी त्रिवेणी र आँखीसल्लाबाट खटिएको प्रहरी टोलीले शहिदभूमि र साँगुरीगढी गाउँपालिका तथा पाख्रीवास नगरपालिकाका विभिन्न क्षेत्रमा अभियान सञ्चालन गरेको थियो। यस क्रममा ६६ रोपनी क्षेत्रफलमा फैलिएका ५६ हजार ५० गाँजाका बोट फेला पारी नष्ट गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी, उदयपुर जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उदयपुरगढी गाउँपालिका-१ का विभिन्न पाखा तथा बारीमा लगाइएका ७ हजार ८ सय ९५ गाँजाका बोट फडानी गरी जलाएर नष्ट गरेको छ। यस अभियानले लागूऔषध नियन्त्रणमा महत्त्वपूर्ण योगदान पुग्ने र अवैध गाँजा खेतीलाई निरुत्साहित गर्ने प्रहरीको विश्वास रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement