मुख्यमन्त्रीको घर अगाडी शङ्कास्पद बस्तु बम नभएको पुष्टि

IMG-20241123-WA0195

झापा: झापाको गौरादह ३ स्थित कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको निवास अगाडी रहेको शङ्कास्पद बस्तु डिस्पोज गरिएको छ।
नेपाली सेनाको अरिदमन गढ चारआलीबाट गएको बम डिस्पोजल टोलीले उक्त शङ्कास्पद बस्तु डिस्पोज गरेको हो।
उक्त बस्तु बम नभएको र कसैले आतङ्कित पार्न राखिएको हुन सक्ने प्रहरीले जनाएको छ।कागजमा पोको पारेर तार जोडिएको जस्तो देखिने बस्तु कार्कीको घर अगाडी सिरिसको रुखमुनि आज बिहान करिब ११ बजे फेला परेको थियो। उक्त कागजमा दुर्गा माताकी जय लेखिएको थिय। उक्त बस्तु कसले किन राख्यो भन्ने विषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement