गोरुबथान (महेश्वर प्रधान): नेपाली कथानक चलचित्र “फर्की आउनेछु” यही २८ नवम्बर देखि माल बजार साधना हलमा प्रदर्शन हुने भएको छ।प्रतिदिन साधना हलमा दुइ शो गरेर प्रदर्शन हुने जानकारी गराउदै निर्माता, निर्देशक, कलाकार जोकछेन मोक्तान, संगीतकार आनन्द लामिछाने र कलाकार सचिन फुलाहाङ राईले पत्रकार सम्मेलन गरेर जानकारी गराए।
एक्सन रोमान्सले भरिपुर्ण नेपाली फिल्म फर्कि आउनेछु हेरिदिने र आफ्नो मन्तव्य राखिदिने आह्वान पनि गरेका छन्।