जलपाईगढी: आरजी कर मामिलाको अनुसन्धानको सम्बन्धमा सीबीआई महानिर्देशकलाई पत्र पठाइएको छ। शनिबार, वामपन्थी मजदुर संगठनको १२ जुलाई कमिटीको जलपाईगढी जिल्ला शाखाले ४७३ पोस्टकार्डहरू मार्फत कोलकातामा ९ अगस्तको आरजी कर प्रकरणमा संलग्न व्यक्तिहरू विरुद्ध छिटो र उचित अनुसन्धानको माग गरेको छ।

कमिटीको तर्फबाट केन्द्रीय अनुसन्धान एजेन्सी सीबीआईका निर्देशकलाई पठाइएको वाणिब्रत साहले बताए। ‘सीबीआईले आरजी कर प्रकरणमा अनुसन्धान गरिरहेको छ। उल्लेखनीय प्रगति हुनसकेन, त्यसैले हामी र हाम्रा परिवारका सदस्यहरू जम्मा एक हजार पोस्टकार्डसहित यस घटनाको तत्काल छानबिन गरी प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्नलाई कानुनी कारबाही गर्न माग गर्दछौं’, उनले भने।









