सिलगढी: सिलगढीमा आजदेखि खानेपानी सेवा सामान्य भएको छ। मेयर गौतम देवले शनिबार सिलगढी नगरनिगमको मुख्य कार्यालयमा यस्तो जानकारी दिए। गत २२ र २३ तारिख नगरनिगमको खानेपानी बन्द हुने भनिए पनि शुक्रबार साँझ काम सकिएको उनले बताए। जसका कारण आजदेखि खानेपानी सेवा सामान्य भएको छ। यहाँ खानेपानी सेवा सामान्य भएपछि नगरवासी खुशी भएका छन्।