कोलकाता: आउँदो २५ नोभेम्बरदेखि शुरु हुने पश्चिम बंगाल विधानसभाको शीतकालीन अधिवेशनमा निजी सदस्य विधेयकमाथि चर्चा हुने अनुमान गरिएको छ। निजी सदस्य विधेयक ‘पश्चिम बंगाल बाल्यकाल संरक्षण विधेयक- २०२४’ लाई बिजनेस एडभाइजरी कमिटीको बैठकमा शुक्रबार (२२ नोभेम्बर) मा प्रस्तुत गरिएको छ। भाजपा मुख्य सचेतक शंकर घोषले यस विधेयकलाई प्रस्तुत गरेका हुन्l यसलाई वर्तमान तृणमूल कंग्रेस सरकारको कार्यकालमा पेश गरिएको पहिलो निजी सदस्य विधेयक हो। यस विधेयकलाई विधानसभाको शीतकालीन अधिवेशनमा ल्याउने सम्भावना रहेको छ। निजी सदस्य विधेयकलाई चर्चाको लागि विधानसभाको सदनमा पेश गर्नअघि लामो प्रक्रियाबाट जानुपर्छ। प्रस्तावित विधेयकलाई पहिला राज्यको विधि विभागबाट स्वीकृति लिनुपर्छ। त्यसपछि यसलाई मुख्यमन्त्रीको कार्यालयमा स्वीकृतिको लागि पठाइन्छ। मुख्यमन्त्रीको स्वीकृति पाएपछि सो विधेयकलाई राज्यपाल समक्ष पठाइन्छ। यसले यदि राजभवनबाट स्वीकृति पाए विधानसभामा चर्चाको लागि प्रस्तुत गरिन्छ। विधानसभाका अध्यक्ष बिमान ब्यानर्जीले यसलाई आफ्नो कार्यकालमा पहिलो निजी सदस्य विधेयक बताएका छन्l यसलाई उनको कार्यकालमा प्रस्तुत गरिने छ। यो निजी सदस्य विधेयकयो एक विशेष प्रक्रियाबाट गुज्रिरहेको उनको भनाइ छ। यस विधेयकमा बाल विकासका विषयहरूलाई प्रमुखता दिएको छl जसमा रहेको छ शिक्षा, आदर्श शैक्षिक वातावरण निर्माण, स्कूल छोड़्ने बालबालिकाहरू दर घटाउनु अनि स्कूलको समयमा समानता साथै आवश्यकताहरूलाई प्रमुखता दिएको छ। राज्यमा बाल संरक्षण र शिक्षाको व्यवस्थामा सुधार ल्याउने उद्देश्यले यो विधेयक तयार गरिएको छ।