छोटाटिङलिङ गाउँका कृषकहरूलाई लिएर कृषि माथि जनचेतनामूलक सभा सम्पन्न

पानीघट्टा: मेची बालासन कृषक संगठनले आइतबार सौरेनी समष्टिअन्तर्गतको छोटाटिङलिङ गाउँको कृषकहरूलाई लिएर कृषि माथि एउटा जनचेतनामूलक सभा गरे। संगठनका सचिव अर्जुन थापाद्वरा संचालित सभामा विशेष गरेर आहिले यो संगठन मार्फत चियाकमानका कृषकहरूलाई पनि चियाकमानमा मात्र भर नपरेर विभिन्न प्रकारको खेतीपाती गरेर पनि आफ्नो जीवन निर्भर गर्न सकिन्छ भन्ने उदाहरण दिएl जस्तै कफि, अलैंची, अदुवा, हर्दीको खेतीलगायत अन्य विभिन्न प्रकारको खेती गर्न सकिने उनले बताएl यसको निम्ति संगठनको सदस्य हुनुपर्ने र सदस्य ग्रहण गरेपछि सबै प्रकारको बीउलगायत सहुलियत पाउने बताए। सभामा संगठनको पक्षमा अध्यक्ष वङदी लामा सचिव अर्जुन थापा, बिदुर गुरूङ, अर्जुन प्रधान, अनिल छेत्री, सुरेश तामाङको उपस्थिति रहेको थियो। सभालाई कैलाश खवास, पी.टी. लेप्चा अदिले पनि सम्बोधन गरे। सभामा स्थानीय कृषकलगायत एसएचजी दलबाट उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement