प्रत्येक भारतीय सिलगढी आउनै पर्छ:  पूर्व भारतीय क्रिकेटर हरभजन सिंह

IMG-20241123-WA0142

सिलगढी: भारतीय क्रिकेट टोलीका पूर्व दिग्गज बलर हरभजन सिंह बिहारको पूर्णियामा परोरा रमेश विजय लक्ष्मी मेमोरियल स्टेडियमको उद्घाटन गर्न आज पूर्णिया प्रस्थान गरे। आज पूर्णिया जान बागडोग्रा एयरपोर्ट पुगे, र यहाँबाट पूर्णिया प्रस्थान गरे। उनले त्यहाँ पत्रकारहरूसँग संक्षिप्तमा कुरा गरे। अस्ट्रेलियामा जारी टेष्ट च्याम्पियनसिपको बारेमा उनले भारतले निकै राम्रो शुरुवात गरेको बताए। भारतले ३–२ ले जित्ने अपेक्षा गरिएको  उनको भानाइ छ। सिलगढीको बारेमा पनि उनले भने, ‘सिलगढी धेरै सुन्दर ठाउँ हो। यहाँबाट दार्जीलिङका विभिन्न पर्यटकीय स्थलहरूमा जान सकिन्छ। त्यसैले हरेक भारतीयले सिलगढी भ्रमण गर्नुपर्छ।‘ उनले समय निकालेर दुई तीन दिनको लागि सिलगढी आउने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement