कोचबिहार: सिताई विधानसभा उपचुनावमा तृणमूल कांग्रेसको जित निश्चित देखिएको छ। किनभने तृणमूल कांग्रेसकी उम्मेदवार संगीता राय करिब ९३ हजार २०८ मतले अगाडि छिन्। नवौं चरणको मतगणनापछि संगीता रायले १ लाख २२ हजार ३४२ मत पाएकी छन् भने भाजपाका दीपककुमार राईले मात्र २९ हजार १ सय ३४ मत पाएका छन्l मतको अन्तर यति हो कि तृणमूल कांग्रेस लगभग जितको नजिक पुगेको छ। अहिले कार्यकर्ताहरुले पनि विजयको उत्सव मनाउन थालेका छन्। राज्यमा ६ वटा विधानसभा सीटहरूमा उपचुनावको मतगणना भइरहेको छ, र तृणमूल कांग्रेस यी सबै सीटहरूमा तर्फ अघि बढिरहेको देखिन्छ।