पर्थ: बोर्डर-गावस्कर ट्रफी टेस्ट सीरीजअन्तर्गत पर्थमा जारी पहिलो टेस्ट म्याचको पहिलो दिन अष्ट्रेलियाका सीमर मिचेल स्टार्कले भारतका कार्यवाहक कप्तान जसप्रीत बुमराहको प्रशंसा गर्दै उनलाई सबै प्रारूपका असाधारण बलर बताए। बुमराहले अष्ट्रेलियाको पहिलो ईनिंग्समा असाधारण बलिंग गर्दै जम्मा ५ विकेट लिए। यसमा ४ विकेट त उनले पहिलो दिन नै लिएका थिए। यसैकारण भारतले बनाएको १५० रनको जवाफमा अष्ट्रेलियाको पहिलो ईनिंग्स केवल १०४ रनमा समाप्त भयो। बुमराहले पहिलो दिन नै असाधारण बलिंग गरेर आयोजक टीमलाई ब्याकफूटमा पारे। मैदानमा एकार्काको कट्टर प्रतिद्वन्द्वी भए पनि स्टार्कले प्रेस कन्फ्रेन्समा भारतीय कप्तानको प्रशंसा गरे अनि उनको कौशलमा निखार आएको बताए। स्टार्कले भने, उनी लामो समयदेखि सबै प्रारूपमा असाधारण बलर रहेका छन् अनि यस कुरामा कुनै सन्देह छैन। आज पनि उनले आफ्नो कौशल देखाए। पीच जस्तै भए पनि उनलाई कुनै फरक पर्दैन। उनको सफलतापछि उनको बलिंग एक्शनको पनि ठूलो भूमिका छ कारण उनको रिलीज पोइण्ट (बल छोड़्ने क्षण) अलग छ। यस्तो धेरैले गर्न सक्दैनन्। म पनि भविष्यमा यस्तो प्रयोग गर्न सक्छु।