लक्ष्य सेनको हार, सात्विक-चिरागको जोड़ी क्वार्टर फाइनलमा

IMG-20241123-WA0088

शेनझेन: भारतका सात्विकसाईराज रंकीरेड्डी र चिराग शेट्टीको जोड़ीले डेनमार्कका किम एस्ट्रुप र एण्डर्स स्कार्प रासमुसेनको दोस्रो वरीयता प्राप्त जोड़ीलाई पराजित गरी चाइना मास्टर्स सुपर ७५० ब्याडमिण्डन टुर्नामेण्टको सेमिफाइनलमा प्रवेश गऱ्यो। यसरी पुरुष एकलमा चाहिँ भारतका लक्ष्य सेनले तेस्रो वरीयता प्राप्त डेनमार्कका खेलाड़ी एण्ड्रियस एण्टोसेनविरुद्ध ५३ मिनटसम्म चलेको म्याचमा १८-२१, १५-२१-ले हारको सामना गर्नु पऱ्यो। पेरिस ओलम्पिकपछि आफ्नो पहिलो टुर्नामेण्ट खेलिरहेको सात्विक-चिरागको जोड़ीले ४७ मिनटसम्म चलेको पुरुष युगलको म्याचमा विश्वको दोस्रो नम्बरको जोड़ीलाई २१-१६, २१-१९-ले पराजित गऱ्यो। टुर्नामेण्टको गत संस्करणमा भारतीय जोड़ीले फाइनलमा स्थान बनाएको थियो। एशियन गेम्समा स्वर्ण पदक विजेता भारतीय जोड़ीको सामना क्वार्टर फाइनलमा जापानका ताकुरो होकी र युगो कोबायाशीको जोड़ी अनि कोरियाका जिन योंग र सियो सेउंग जेईको जोड़ीबीच खेलिने म्याचको विजेतासँग हुनेछ।

About Author

Advertisement