दार्जीलिङ: दार्जीलिङ नजिक बदमताम (लेबोंग)-मा चाँड़ै ओपन नक्आउट फूटबल टुर्नामेण्टको आयोजन गरिनेछ। बदमताम खेलकुद संघको आयोजनमा हुने टुर्नामेण्टका सबै म्याचहरू बदमताम मैदानमा हुनेछ। यस सेवेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। अंशग्रहण गर्न इच्छुक टीमहरूका निम्ति प्रवेश शुल्क ४ हजार रुपियाँ रहेको छ। अन्य जानकारीहरू आयोजक समितिद्वारा जारी सर्कुलरमा उपलब्ध रहेको छ।










