केन्द्रिय राज्यमन्त्री बघेलले मंगन जिल्लामा मिन्ड्रोलिङ गुम्पा, पीएचसी र ईएमआरएस भ्रमण गरे

IMG-20241122-WA0271

मंगन:: केन्द्रिय मत्स्यपालन, पशुपालन एवं दुग्ध तथा पञ्चायति राज राज्यमन्त्री प्रो. एसपी बघेलले आज मंगन जिल्लास्थित मिन्ड्रोलिङ गुम्पा भ्रमण गरे। उनी तीन दिवसीय भ्रमणमा हिजो सॉंझ सिक्किम आइपुगेका हुन्।केन्द्रिय राज्यमन्त्री प्रो. बघेललाई आज बी २ ब्रिज फुदोङमा कबीका एसडीएम अभिजित पाटिल र एसएचओ विकी सुन्दासले स्वागत गरेका थिए। मिन्ड्रोलिङ गुम्पामा प्रो. बघेललाई मंगन जिल्लाका जिल्ला अध्यक्ष कादो लेप्चा र पञ्चायतहरूले स्वागत जनाए। उनले गुम्पामा पूजा अर्चना गर्दै क्याब्जे खोचेन रिम्पोछेबाट आशीर्वाद प्राप्त गरे।यसपछि, केन्द्रिय राज्यमन्त्रीले फुदोङ प्राथमिक स्वास्थ्य केन्द्र (पीएचसी) भ्रमण गरे अनि केन्द्रमा उपलब्धि चिकित्सा सुविधाहरूको बारेमा जानकारी लिए। उनले केन्द्रबाट हेरचाह भइरहेका जनसंख्या, खौप, औषधिहरूको उपलब्धता, कर्मचारीहरूको संख्या, आयुषमान कार्ड धारकहरूको संख्या, जॉंच उपकरण लगायत टीबी, मधुमेह, उच्च रक्तचाप र एचआईबी रोगीहरूको संख्याको बारेमा पनि जानकारी लिए।केन्द्रिय राज्यमन्त्रीले कर्मचारीहरूलाई केन्द्रबाट हेरचाह भइरहेका कुल जनसंख्या, विभिन्न रोगहरू, निक्षय मित्र र आयुषमान कार्ड धारकहरूको रेकर्ड राख्न सुझाउ दिए। उनले जिल्ला मुख्यालयको साटो प्राथमिक स्वास्थ्य केन्द्रमै औषधिहरू उपलब्ध हुनुपर्छ भनी बताए। केन्द्रले ९ हजारभन्दा धेरै जनसंख्या हेरचाह भइरहेको जानकारी गराइयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement