आईपीएल २०२५-को तारिखहरू घोषणा, फाइनल २५ मईमा

IMG-20241122-WA0272

मुम्बई: इण्डियन प्रीमियर लीग (आईपीएल)-को आउँदो सीजन १४ मार्च २०२५-देखि शुरु हुनेछ अनि फाइनल २५ मईमा खेलिनेछ। फ्रेञ्चाइजीहरूलाई पठाइएको ईमेल-मा आईपीएलको तीनवटा सीजनको निम्ति घोषित तारिखहरूबारे बताइएको छ। घोषणा अनुसार, विश्वको सबैभन्दा लोकप्रिय र भव्य टी२० क्रिकेट लीग आईपीएलको आउँदो सीजन १४ मार्च २०२५-मा शुरु भएर २५ मईसम्म चल्नेछ। यसरी २०२६-को सीजन १५ मार्चदेखि ३१ मईसम्म चल्नेछ। यसरी २०२७-को सीजन १४ मार्चदेखि ३० मईसम्म हुनेछ। घोषणा अनुसार, गत सीजन झैं २०२५ सीजनमा ७४ वटा म्याच खेलिनेछ। यो संख्या आईपीएलद्वारा २०२२-मा सूचीबद्ध ८४ वटा म्याचभन्दा चाहिँ १० वटा कम्ती हो। नयाँ चक्रको निम्ति टेण्डर दस्तावेजमा आईपीएलले हरेक सीजनमा म्याचहरूको अलग-अलग संख्या वर्णन गरेको छ। २०२३ र २०२४-मा ७४ वटा गरेर म्याच जबकि २०२५ र २०२६-मा ८४ अनि यस अनुबन्धको अन्तिम वर्ष अर्थात २०२७-मा ९४ वटा म्याच खेलिने उल्लेखित थियो। क्रिकेट अष्ट्रेलिया (सीए)-ले आफ्ना सबै खेलाड़ीहरूलाई (अन्तर्राष्ट्रिय र घरेलु दुवै) २०२५-को सीजनमा खेल्ने अनुमति दिएको छ। यसरी अधिकांश पूर्ण सदस्य देश ईंग्ल्याण्ड, श्रीलंका, बंग्लादेश, दक्षिण अफ्रिका, न्यूजील्याण्ड, अफगानिस्तान, जिम्बाब्वे र वेष्ट इण्डिजको क्रिकेट बोर्डले आफ्ना खेलाड़ीहरूलाई आउँदो ३ सीजनको निम्ति आईपीएलमा खेल्ने अनुमति दिएको छ। यसमा पाकिस्तान चाहिँ सामेल छैन, जुन देशका खेलाड़ीहरूलाई २०११-देखि नै आईपीएलमा खेल्ने मौका प्राप्त भएको छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement