गान्तोक: छुजाचेनको पीएम श्री चन्द्रलाल शर्मा उच्चत्तर माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई लिएर एक परामर्श कार्यक्रम आयोजना गरियो। परामर्श कार्यक्रममा एससीईआरटीका एसोसिएट प्रोफेसर एवम् अतिरिक्त निर्देशक शान्तिराम अधिकारीले विद्यार्थीहरूको निम्ति बोर्ड परीक्षाका लागि प्रेरणादायी र अन्तरदृष्टिपूर्ण परामर्श सत्र सञ्चालन गरेका थिए।
उनले विद्यार्थीहरूलाई उनीहरूको आगामी परीक्षाहरूमा उत्कृष्टता हासिल गर्न प्रभावकारी रणनीतिबारे जानकारी गराए। बोर्ड परीक्षामा उत्कृष्टता हासिल गर्नका लागि आवश्यक विषयहरूलाई समेटेर उनले विद्यार्थीहरूलाई प्रशिक्षित गरेका थिए। आफ्नो सत्रको पहिलो भागमा उनले धेरैजसो विद्यार्थीहरू सामग्रीको हिसाबले तयार नभएको वा तयारीको उचित प्रक्रिया र रणनीतिबारे अनभिज्ञ भएकाले राम्रो अंक ल्याउन नसक्ने थाहा पाएको बताइएको छ।
उनले तयारीको प्रक्रिया र रणनीतिबारे सही ज्ञान नभएका विद्यार्थीले सामग्री तयार भए पनि राम्रो अंक ल्याउन नसक्ने बताए।