राज्यपाले दिए राज्यवासीहरूलाई ल्हाबाब दुछेनको शुभकामना

photocollage_20241011162117124

गान्तोक: ल्हाबाब दुछेन पर्वको अवसरमा सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले राज्यवासीहरूलाई हार्दिक शुभकामना दिएका छन्।
राज्यपालले बिहिवार जारी आफ्नो सन्देशमा ल्हाबाब दुछेन बौद्ध धर्मावलम्बीहरू एक पवित्र पर्व रहेको बताउॅंदै बुद्धको शिक्षा अनि उनीद्वारा प्रसारित धर्मको महत्वलाई स्मरण गर्न यस दिनले अवसर प्रदान गर्दछ भनी बताएका छन्।
भगवान बुद्धले आफ्ना अनुयायीहरूको आग्रहमा आफूले प्राप्त गरेको शिक्षालाई साझा गर्न र आफ्नो आमालाई यस संसारको चक्रदेखि मुक्त गरेर उनीहरूप्रति आभार व्यक्त गर्नको निम्ति पृथ्वीमा अवतरण गरेको मान्यता रहेको छ।
राज्यपालले भने, सिक्किमलाई धर्मभूमिको नामले चिनिन्छ, जो पहिलादेखि नै विविधतापूर्ण धार्मिक परम्परा र संस्कृतिको प्रतिक हो। उनले यस महत्वपूर्ण अवसरमा सिक्किमवासीलाई भगवान बुद्धले देखाएको प्रेम, करुण र सद्भावको मूल्य अनुशऱण गर्न आग्रह गरेका छन्। भगवान बुद्धको गहन शिक्षाले हाम्रो मार्गदर्शन गरुन् र उनले देखाएको मार्गमा हिँड्न मानिसहरूलाई प्रेरित गरिरहुन् भनी राज्यपाले कामना गरेका छन्।

About Author

Advertisement