गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले ल्हाबाब दुछेन पर्वको अवसरमा राज्यवासीहरूलाई हार्दिक शुभकामना व्यक्त गरेका छन्।
मुख्यमन्त्रीले आफ्नो सन्देशमा भनेका छन्, ‘यो पवित्र दिन भगवान बुद्ध पृथ्वीमा अवतरण गरेको प्रतिककोरूपमा पालन गरिन्छ।
यस दिन आफ्नो अनुयायीहरूको प्रार्थनाको उत्तरमा भगवान बुद्धले ज्ञान प्रदान गर्न अनि आफ्नो आमाको दयाको बदलामा उनलाई संसारको यस चक्रदेखि मुक्त गर्नको निम्ति पृथ्वीमा अवतरण गरेको मान्यता रहेको छ।’
मुख्यमन्त्रीले शाक्यमुनिद्वारा सिकाएको प्रेम, करूणा, ज्ञान अनि सद्भावको गुणलाई कायम राख्नको निम्ति प्रोत्साहित गरेका छ्न्। भगवान बुद्धको शिक्षाले मानव जातिलाई मार्गदर्शन गरिरहुन् भन्दै उनले सबैमा खुशी, शान्ति र एकताको निम्ति कामना गरेका छन्।