प्रोफेसनल युनिभर्सिटी टोलीको राज्यपालसित भेट

IMG-20241122-WA0270

गान्तोक: सिक्किमको शैक्षिक क्षेत्रमा योगदान गर्दै आएको सिक्किम प्रोफेशनल युनिभर्सिटीले दीक्षान्त समारोहको लागि तयारी शुरु गरेको छ। यसलाई केन्द्र गर्दै युनिभपर्सिटी प्रबन्धनटोलीले आज राज्यका राज्यपाल ओंप्रकास माथुरसितक भेट गरे। यसबीच टोलीले नर्सिङ, फार्मेसी, फिजियोथेरापी जस्ता व्यावसायिक विषयहरूमा गुणस्तरीय शिक्षा दिइरहेको विषयमा जानकारी गराएका थिए। सो अवसरमा टोलीका उपकुलपति डा. एचएस यादवले राज्यपाल माथुरलाई युनिभर्सिटीको प्रत्येक गतिविधिबारे जानकारी गराएका थिए। उऩउले विश्वविद्यालयको प्रस्तावित कार्यक्रमहरूबारे उल्लेख गरे। यससँगै प्रा. यादवले राज्यपाल लाई दीक्षान्त समारोहमा उपस्थितिका लागि अनमुरोध गरे। विश्वविद्यालयको आठौं दीक्षान्त समारोहमा प्रमुख अतिथिको निम्तोलाई राज्यपालले स्वीकार गरेका छन्। उक्त कार्यक्रम आगामी दिसम्बर महिनामा हुनेछ। प्रा. यादवले पदक विजेता विद्यार्थीहरुलाई सिक्किम प्रोफेशनल युनिभर्सिटीको आठौं दीक्षान्त समारोहको अवसरमा सम्मानित गरिने जानकारी गराए। सबै स्नातक विद्यार्थीहरू साथै पदक विजेताहरूलाई आशीष्, ज्ञान र अनुभव प्रदान गर्ने आग्रह पनि राज्यपाललाई गरे। पूर्वोत्तर क्षेत्रको विकास र आत्मनिर्भर भारत अभियानलाई विस्तार गर्दै राष्ट्र निर्माणका लागि युनिभर्सिटीले प्रभावी कार्य गरिरहेको जानमकारी पनि प्रो. यादवले गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement