गान्तोक: मुख्यमन्त्री प्रेमसिँह तामाङको मार्गदर्शन साथै सडक एवं पुल विभागका मन्त्री एनबी दाहालको निर्देशनमा बन्द अवस्थामा रहेको योकसम टासिडिङ समष्टि अन्तर्गत एनएचपीसी रंगीत नदीको नजिक एनएचपीसीसम्म जाने बाटोको पुननिर्माण कार्य अहिले युद्वस्तरमा भईरहेको छ। यो बाटो लगभग १५ बर्षअघिदेखि पैह्रोका कारण बन्द अवस्थामा रहेको थियो भने अहिले सडक खोल्ने कार्य युद्वस्तरमा भईरहेको छ। यो पीडबल्युडी सडक पैह्रोले गर्दा लगभग १५ बर्षदेखि पुर्णरूपले बन्द रहेको थियो भने वर्तमान सरकारको पहलमा यो सडक मार्ग खोल्ने कार्य अहिले द्रुत गतिमा भईरहेको छ। यसको निम्ति समस्त योकसम टासीडिङवासीले सरकारलाप्रति आभार व्यक्त गरेका छन्। यसैगरी क्षेत्र विधायक तथा मन्त्री टीटी भोटियाप्रति पनि कृतज्ञता जाहेर गरेका छन्। अहिले सडकको पर्खाल निर्माण गर्ने काम भईरहेको र यस निर्माण कार्यका ठेकेदार सोनाम भोटियाले पनि युद्वस्तरमा कामलाई अघि बढाउन योगदान दिइरहेका छन्। आगामी लगभग १५ दिनभित्रमा यो सडक सुचारू हुनसक्ने बताइएको छ। आरिथाङ गेरेथाङ जिल्ला टेरिटोरियलका जिल्ला पञ्चायत यदुनाथ छेत्री, टाशिडिङ चालक संघका सदस्यहरू र स्थानीयवासीले आज कार्यप्रगतिको जायजा लिँदै कार्यस्थलको भ्रमण गरेका छन्।