गान्तोक: शिक्षा विभागका सचिव टाशी छोपेलको साथमा अतिरिक्त निर्देश (समग्र शिक्षा) एडी छेत्री अनि अन्य अधिकारीहरूको टोलीले विभिन्न विद्यालयको दुई दिने भ्रमण आजदेखि आरम्भ गरेको छ। भ्रमणको पहिलो दिन हिजो टोलीले हि- गेथाङ वरिष्ठ माध्यमिक विद्यालय र पासीदाङ खण्ड अन्तर्गत सञ्चालित तिङभोङ माध्यमिक विद्यालयको निरीक्षण गरेको जानकारी गराइएको छ।
यस अवसरमा सचिव टाशी छोपेलले विद्यार्थी साथै शिक्षकवर्गसँग अन्तक्रिया पनि गरे। सोही प्रकारले सचिवले विद्यालयका शिक्षकवर्गलाई लिएर बैठक पनि आयोजना गरे। बैठकमा विशेष गरेर भ्रमणको मुख्य लक्ष्य र उद्देश्यबारे जानकारी गराइयो। यसरी नै मुख्यमन्त्री मेन्टोरशीप कार्यक्रमअन्तर्गत दशौं श्रेणीका विद्यार्थीहरूलाई आगामी दिनमा सम्पन्न हुने बोर्ड परीक्षाको तयारीबारे जानकारी लिए। दशौं श्रेणीका विद्यार्थीहरूको लागि हिउँदे कोचिङ क्लास र भर्खरै सञ्चालित प्रि-बोर्ड परीक्षाको परिणामबारे विद्यालय प्रमुख र विषय शिक्षकहरूसँग छलफल गरी २०२५ (कक्षा दश) बोर्ड परीक्षामा शतप्रतिशत परिणाम ल्याउन सबैलाई गम्भीर र जवाफदेही बन्न निर्देशन दिइयो। सचिवले शैक्षिक छलफलसँगै सचिवले सबै विद्यालयमा भइरहेको सिभिल कामको निरीक्षण गर्दै इन्जिनियरिङ शाखाबाट विस्तृत प्रतिवेदन मागे।
दोस्रो दिन टोलीले सरकारी नागाको विद्यालयको भ्रमण गऱ्यो।