सुनसरी: दुर्गा प्रसाईं सवार भएको गाडीकाे ठक्करबाट घाइतेकाे उपचारकाे क्रममा मृत्युु भएकाे छ। प्रहरीका अनुसार प्रसाईं सवार बागमती प्रदेश ०१-०२८ च ०२०१ नम्बरको गाडीले काेशी गाउ पालिका -३ नहरचाेकमा २ वटा माेटरसाइकललाई ठक्कर दिएकाे थियाे। ठक्करबाट २ जना घाइते भएकाेमा काेशी -३ का ६० वर्षिय फुलेश्वर मेहताकाे आज उपचारका क्रममा मृत्यु भएकाे हाे। मृतक परिवारका अनुसार दुर्घटना लगत्तै बिरामीलाई दाहिने खुट्टा र हातमा चाेट लागेकाे अवस्थामा भाेक्राहा नरसिंहमा रहेकाे सप्तकाेशी न्यूराे अस्पतालमा भर्ना गरिएकाे थियाे। सामान्य रहेका बिरामीको थप उपचार गर्नु पर्ने भन्दै अस्पताल टिमले अप्रेसन कक्षमा लगेकाेमा बिरामीकाे अवस्था बिग्रेकाे भनी जानकारी गराएकाे मृतक पक्षकाे भनाई छ। उनीहरूले सप्तकाेशी न्यूराेले बेहाेस गराउने ओैषधीकाे मात्रा बढी चलाउँदा बिरामीको अवस्था गम्भीर भएकाे र साे कारण मृत्यु भएकाे दाबी गरेका छन। अवस्था गम्भीर भए पश्चात बिरामीलाई नाेबेल अस्पताल पठाएकोमा उक्त अस्पतालमा मृत्यु भएकाे उनीहरूकाे भनाई छ। मृतक पक्षले बिरामीकाे मृत्यु सप्तकाेशी न्यूराेकाे लापरवाहीबाट भएकाे आराेप लगाएकाे छ। उपचारमा संलग्न अस्पतालका चिकित्सक सहितकाे टिमकाे लापरबाहीले आफ्नाे बिरामीकाे ज्यान गएकाे दावी गर्दै घटना छानबिन माग समेत गरेकाे छ। उता साे आराेपलाई भने सप्तकाेशी न्यूराे अस्पतालले इन्कार गरेकाे छ। अस्पतालले दिएकाे जानकारी अनुसार घाइतेलाई हात, खुट्टा र टाउकाेमा चाेट लागेकाे अवस्थामा उपचारमा ल्याइएको थियाे। साे अनुसार आवश्यक उपचार गरिएको उसले जनाएको छ। थप उपचारका लागि बिरामीलाई नाेबेल अस्पताल पठाइएकाे जनाएकाे सप्तकाेशी न्यूराे अस्पताल प्रशासनले बिरामीको उपचारमा कुनै लापरबाही नभएकाे स्पष्ट पारेको छ। पाेष्टमाटम रिपोर्टले सबै आशंका हट्ने सप्तकाेशी न्यूराेकाे दाबी रहेकाे छ। प्रहरीले दुर्घटना गराउने गाडी चालकलाई नियन्त्रणमा लिई अनुसन्धान प्रकृया अघि बढाइएकाे जनाएकाे छ।