चोपड़ा: ट्याब घोटालामा पुलिसले गए बिहीवार अबेर राती चोपड़ा थाना क्षेत्रबाट थप तीनजना आरोपीहरूलाई पक्राउ गरेको छ। यसबाट ट्याब घोटाला मामिलामा चोपड़ा थाना क्षेत्रबाट पक्रा पर्ने आरोपीहरूको संख्या १५ पुगेको छ।
ट्याब मनी धोकाधड़ीको आरोपमा इलाकामा लगातार अभियान चलाइँदैछ। हुगली अनि राणाघाटबाट पुलिस टीम चोपड़ामा पुग्यो। उनीहरूले चोपडा थानाको पुलिससित संयुक्त अभियान संचालन गरी गए अबेर राती तीनजना मानिसहरूलाई पक्राउ गऱ्यो। पक्रा पर्ने आरोपीहरूमा घिरनी गाउँका जहाँगीर आलम, दासपाड़ा ग्राम पंचायत क्षेत्रका गुलजार अली औ सोनापुर ग्राम पंचायत क्षेत्रका फारूक आजम सामेल छन्। यिनीहरू सबैलाई ट्रान्जिट रिमाण्डाको अनुरोध सहित शुक्रवार इस्लामपुर अदालतमा पठाइयो।