पूर्वी नेपालको विराटनगरमा बालविकासबारे अन्तर्राष्ट्रिय सम्मेलनको तयारीमा जुट्यो पूर्वांचल बिश्वबिद्यालय

IMG-20241122-WA0244

बिराटनगर :पूर्वाञ्चल विश्वविद्यालयको शिक्षाशास्त्र संकायले नेपालमा पहिलो पटक बालविकास सम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ। ६ र ७ दिसंबरमा विराटनगरमा आयोजना हुने सम्मेलनको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले गर्ने कार्यक्रम छ।
सम्मेलनमा नेपाल, अमेरिका, बेलायत, मलेसिया, बंगलादेश लगायत १५ भन्दा बढी देशका प्राज्ञ, नीति निर्माताहरू, अनुसन्धानकर्ता र विद्यार्थीको सहभागिता रहने पूर्वाञ्चल विश्वविद्यालयको शिक्षाशास्त्र संकायका डिन अनिल पोखरेलले जानकारी दिए।
विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा पोखरेलले यस अन्तर्राष्ट्रिय सम्मेलनमा बालविकासका क्षेत्रमा प्राज्ञिक बहस र विमर्श गराउने उद्देश्य रहेको जानकारी दिए।
सम्मेलनमा बालबालिका लक्षित नीति, विशेष आवश्यकता भएका बालबालिकाको हेरचाह, बालविकासका क्षेत्रमा आवश्यक जनशक्ति, पेसागत विकास र नैतिकता, जलवायु परिवर्तन र त्यसले बालबालिकालाई परेको प्रभाव, प्रारम्भिक बाल्यकाल विकासमा नवप्रवर्तन आदि विषयमा ४० भन्दा बढी सहभागीहरूले आफ्नो अध्ययन अनुसन्धान प्रस्तुति, बालबालिका लक्षित विषयमा कार्यशाला एवं प्रदर्शनी गर्ने कार्यक्रम रहेको उनले बताए।
सम्मेलनमा बेलायतबाट प्रोफेसर करेन ग्रहाम, अमेरिकाबाट इल्सा चाहिन, लोरेन वेब्राइट र क्रिष्टिन हैगेन, भारतबाट चिराश्री घोष , नेपालबाट मिनाक्षी दाहाल, मलेसियाबाट ली जेन यून र आनी शिवानाथान लगायत मुख्य वक्ताहरूले बालविकास र प्रारम्भिक शिक्षा लगायतका विषयमा मन्तव्य दिने कार्यक्रम रहेको उनले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement