पुटुङ चियाकमानमा कार्यरत लैला घलेलाई दिइयो अश्रुपूर्ण बिदाई

पानीघट्टा: मिरिक महकुमाअन्तर्गत पुटुङ चियाकमानमा कार्यरत लैला घलेलाई आइतबार उनी अवकाशप्राप्त भएपछि छोटाटिङलिङ उच्च प्रयान्तमा रहेका पुटुङ चियाकमानका महिला श्रमिक वर्गले भव्यरूपमा बिदाई गरे। लैला घले पुटुङ चियाकमा एक कर्म निष्ठ साथै मिलानसार श्रमिक रहेका थिए। उनलाई छोटाटिङलिङ स्थीत अमिलो डाँडामा बिदाई दिँदै धेरै वर्षसम्म आफुहरूसँग घाम पानी सहेर चिया टिप्नु हिँडेको महसुस गर्दै सबैले खादा अर्पण गर्दै मुख मिठा गरिदिए। दिनभरीको बिदाई कार्यक्रममा अश्रुपूर्ण बिदाई दिए। बिदाई कार्यक्रमलाई श्रमिक सुर्यकला प्रधानले पुटुङ चियाकमान सोसाइटी ऐक्टद्वरा संचालन रहेको र यहाँका श्रमिकहरू अवकाशप्राप्त भएपछि खाली २० हजार मात्र पाउने गरेको र आउँदो दिनहरूमा पुटुङ बगानबाट अवकाशप्राप्त गर्ने श्रमिकहरूले आफ्नो सरकारी सहुलियत पुर्ण पाउनु पर्ने माग पनि गरे। स्मरण रहोस्, छोटाटिङलिङ उच्च प्रायन्तका महिला श्रमिकहरू यो भन्द अघि पनि गौरा शर्मालाई एउटा कार्यक्रम अयोजना गरेर नै बिदाई गरेका थिए। उनीहरूले जुन बिदाई कार्यक्रम गरेर आफुलाई बिदाई गरेकोमा लैला घलेले गर्ब महसुस गरेको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement