मुख्यमन्त्रीको कड़ाईपछि बजारहरूमा महँगी नियन्त्रणको लागि टास्क फोर्सको अभियान शुरू

vegetable.market-e1574163623996

कोलकाता:: सब्जीहरूको बढ़दो मूल्य अनि विक्रेताहरूको मनमानीमाथि मुख्यमन्त्री ममता ब्यनर्जीले कड़ा चेताउनी दिएपछि टास्क फोर्सले शुक्रवार बिहान कोलकाताका केही बजारहरूमा छापा माऱ्यो। अन्य प्रमुख बजारहरूमा टास्क फोर्सका अधिकारीहरूले सब्जी पसलहरूको निरीक्षण गरे।मुख्यमन्त्रीको निर्देशपछि बजारहरूमा भएको यस कारबाहीबाट आम जनताले केही राहत महसूस गरेका छन्। टास्क फोर्सका अधिकारीहरूले पसलेहरूलाई चेताउनी दिए, यदि कसैले सब्जीहरूको मूल्य अकारण बढ़ायो भने सम्बन्धित व्यापारीहरूविरूद्ध पुलिस कारबाही गरिनेछ। गए बिहिवार नवान्नमा सम्पन्न प्रेस कन्फ्रेन्समा मुख्यमन्त्री ममता ब्यनर्जीले सब्जीहरूको बढ़्दो मूल्यमाथि कड़ा कदम उठाएकी थिइन्। उनले टास्क फोर्स सक्रिय हुँदाहुँदै पनि दलालहरूको बढ़्दो प्रभावमाथि असन्तुष्टि व्यक्त गरिन्। टास्क फोर्सको उक्त कारबाहीपछि नवान्नमा शुक्रवार अपरान्ह मुख्य सचिव मनोज पन्तको नेतृत्वमा एक महत्वपूर्ण बैठक भइरहेको छ। बैठकमा सब्जीहरूको मूल्य नियन्त्रण गर्ने उपायहरूमाथि चर्चा गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement