खरसाङ: खरसाङ महकुमा अन्तर्गत टुंग सन्त मेरिज समष्टिको सिंगेल चियाबारीमा पर्ने अत्यन्तै जीर्णावस्थामा रहेकोले रोडको मरमत्ति गरिने भएको छ। खरसाङको सन्त मेरिजमुनि रहेको राष्ट्रिय राजमार्ग ११० देखि सिंगेल चियाबारीको पानधुरेसम्म पुग्ने अत्यन्तै जीर्णावस्थामा रहेको रोडको मरमत्तिको लागि आज क्षेत्रीय सभासद नुरी शेर्पाको बाहुलीबाट पूजा अर्चना गरेर शिलान्यास गरिएको छ। उक्त शिलान्यास कार्यक्रम सिंगेल चियाबारीको कारखाना परिसरमा सम्पन्न भएको थियो। यस अवसरमा सन्त मेरिज ग्राम पञ्चायत दुईको पञ्चायत प्रधान सहदेव तामाङ,उप प्रधान प्रशंसा लेप्चा आदि लगायत समष्टिको जोनल सभापति बसन्त कुलुङ राई, समष्टि युवा शक्ति सचिव दिपेश तामाङ, पञ्चायत समिति सदस्य, पञ्चायत सदस्यहरु र भागोप्रमोको प्रतिनिधिहरु उपस्थित रहेका थिए। राष्ट्रिय राजमार्ग ११० देखि सिंगेल चियाबारी हुँदै पानधुरेसम्म पुग्ने उक्त रोडको जीर्णावस्थाले स्थानीयहरुलाई धेरै असुविधा भइरहेको थियो भने अब रोडको मरमत्ति हुने भएकोले स्थानीयहरुले खुशी व्यक्त गरेका छन्। उक्त रोडको मरमत्तिको लागि गरिएको शिलान्यास कार्य विषयमा पत्रकारहरुसित कुराकानी गर्दै सभासद नुरी शेर्पाले खरसाङको राष्ट्रिय राजमार्ग ११० देखि सिंगेल चियाबारी हुँदै पानधुरेसम्म पुग्ने रोड अन्यन्तै जीर्णावस्थामा रहेको थियो र यस रोडको मरमत्तिको लागि आज सिंगेल चियाबारीको कारखाना नजिक पूजा अर्चना गरेर शिलान्यास गरिएको बताएका छन्। उनले यो अत्यन्तै जीर्णावस्थामा रहेको रोडको मरमत्तिको लागि जीटीए प्रमुख अनित थापाको निर्देशनमा र सन्त मेरिज ग्राम पञ्चायत दुईको पञ्चायत प्रधानको अगुवाईमा पहल गरिएको र आज शिलान्यास गरिएपछि अब यो रोडको मरमत्तिको कार्य चाढै शुरु हुने बताएका छन्। उनले यो रोडको मरमत्ति कार्यमा स्थानीहरुले साथ र सहयोग गरिदिने आशा रहेको बताउँदै सबैले सहयोग गरेर यो रोडको मरमत्ति कार्य सफल हुने आशा व्यक्त गरेका छन्। सभासद नुरी शेर्पाले सिंगेल चियाबारीको यो एकजना मात्र हिँड्ने रोड होइन तर यो रोड सबैको हो र यसको मरमत्तिको कार्यमा सबैले साथ र सहयोग गर्ने निवेदन गरेका छन्।