पहिलो दिन नै १७ विकेटको पतन, भारतको पल्ला भारी

IMG-20241122-WA0216

पर्थ: भारत र अष्ट्रेलियाबीच शुक्रवारदेखि शुरु बोर्डर-गावस्कर ट्रफी टेस्ट सीरीजको पहिलो म्याचको पहिलो दिन नै चरम रोमाञ्चक रह्यो। पर्थ स्टेडियममा टस जितेर पहिला ब्याटिंग गर्दै भारतको पहिलो ईनिंग्स केवल १५० रनमा समाप्त भयो। त्यसपछि कप्तान जसप्रीत बुमराहको अगुवाईमा भारतीय पेस बलरहरूले पनि अष्ट्रेलियाई ब्याटरहरूका सातो खाए। यसरी पहिलो दिनको खेल समाप्त हुँदासम्म अष्ट्रेलियाले आफ्नो पहिलो ईनिंग्समा ७ विकेट गुमाएर ६७ रन बनायो। यसरी भारतसँग अहिले पहिलो ईनिंग्सको आधारमा ८३ रनको बढ़त रहेको छ। शुक्रवार खेल समाप्त हुँदासम्म विकेटकीपर ब्याटर एलेक्स केरी १९ र मिचेल स्टार्क ६ रनमा अविजित थिए। अष्ट्रेलियाको पहिलो ईनिंग्समा बुमराहले सर्वाधिक ४ विकेट लिए। यसबाहेक मोहम्मद सिराजले २ र टेस्ट पदार्पण गर्ने हर्षित राणाले १ विकेट लिए। अष्ट्रेलियाको पहिलो ईनिंग्समा कसैले पनि उल्लेखनीय योगदान दिन सकेनन्। शीर्ष ६-मा केवल दुईजनाले (ट्रेविस हेड ११ र न्याथन म्याकस्वीनि १० रन) दशभन्दा अधिक रन बनाउन सके। भारतीय पेस बलरहरूले लगातार विकेट हासिल गरी होम टीमलाई शुरुदेखि नै ब्याकफूटमा राख्यो। यसअघि आज बिहान टस जितेर पहिला ब्याटिंग गर्दै भारतको शुरुवात खराब रह्यो। ओपनर यशस्वी जयसवाल र देवदत्त पडिक्कलले त खाता पनि खोल्न सकेनन् जबकि विराट कोहलीले केवल ५ रन बनाए। केएल राहुलले २६ रन बनाएर केही समयसम्म संघर्ष गरे तर ध्रुव जुरेल ११ र वाशिंगटन सुन्दर ४ रन बनाएर आउट हुँदा एक समय त स्कोर ६ विकेटमा ७३ रन रहेको थियो। त्यहाँबाट रिषभ पन्त र पदार्पण टेस्ट खेलिरहेका नितीश कुमार रेड्डीले सातौं विकेटको निम्ति ४८ रन योग गरी टीमको स्कोर हेर्न लायकको स्थितिमा पुऱ्याए। रेड्डीले सर्वाधिक ४१ रन बनाए। उनले ५९ बल खेलेर ६ वटा चौका र एउटा छक्का लगाए। यसरी पन्तले ३ वटा चौका र एउटा छक्काको साथ ३७ रन बनाए। यी दुईजना आउट भएपछि भारतको पहिलो ईनिंग्स समाप्त हुन अधिक समय लागेन। अष्ट्रेलियाई बलरहरूमा जोश हेजलवुडले सर्वाधिक ४ विकेट लिए। यसरी मिचेल स्टार्क, प्याट कमिन्स र मिचेल मार्शले पनि २-२ सफलता हासिल गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement