पश्चिम बंगालका कलेजहरू लिएर प्रियंका चौधरीले गरिन् कडा आलोचना  

IMG-20241122-WA0187

जलपाईगढी: पश्चिम बंगालका कलेजहरूमा थ्रेट कल्चर चलिरहेको आरोप विद्यार्थी परिषदकी प्रदेश अध्यक्ष प्रियंका चौधरीले लागाएकी छन्l शुक्रबार जलपाईगढीमा कलेजहरूको वर्तमान अवस्था बारे टिप्पणी गर्दै उनले यसो भनेकी हुन्। उनले भनिन्, ‘राज्यको सत्तारुढ दल तृणमूल कांग्रेसका केही विद्यार्थीहरूले लामो समयदेखि कलेजहरूमा विद्यार्थी परिषदको चुनाव रोकेर यस्तो प्रणाली स्थापना गरेका छन्। जसका कारण आज विद्यार्थीको ज्यान जोखिममा छ, थ्रेट कल्चर व्याप्त छ, विद्यार्थीहरु डराएर सत्तारुढ दलका कार्यक्रम र जुलुसमा उपस्थित हुन बाध्य छन्, कलेज संसदमा उचित चर्चा हुनसकेको छैनl अधिकांश कलेजका बाथरुम पनि यति फोहोर छन् कि शब्दमा वर्णन गर्न असम्भव छ।‘

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement