जलपाईगढी: बाइक र गाडीको ठोकिँदा एक युवकको मृत्यु भएको छ भने अर्का युवक घाइते भएका छन्। घटना मालबजार शहर प्रवेशद्वार माल खोला नजिकैको क्षेत्रमा भएको हो। बिहीबार राति राष्ट्रिय राजमार्ग न० ३१ मा मोटरसाइकलमा सवार रहेको मालबजार विभाग क्रान्ति ब्लकका दुई युवक विपरीत दिशाबाट आउँदै गरेको सफारी गाडीसँग ठोक्किएर दुर्घटना भएको हो। मोटरसाइकलमा सवार दुई युवा गम्भीर घाइते भएका छन्। दुर्घटनास्थलबाट उद्धार गरी मालबजार सुपर स्पेशलिटी अस्पताल पुर्याउँदा एकजनालाई मृत घोषित गरियो। अर्का गम्भीर घाइतेको उपचार भइरहेको छ। मृत्यु हुने युवकको नाम सियोन बनिक (२७) र घाइते युवकको नाम रेजाउल मोस्ताक (३०) बताइएको छ।