उपचुनाउको परिणाम घोषणा भएपछि हुनेछ तृणमूल कार्यसमितिको बैठक

tmc-500x500

कोलकाता: तृणमूल कंग्रेसकी प्रमुख ममता ब्यनर्जीले उपचुनाउको परिणाम घोषणा भए लगत्तै पार्टी कार्य समितिको बैठक डाकेकी छन्। यो बैठक आगामी सोमवार अपरान्ह ४ बजेदेखि कालीघाटमा शुरू हुनेछ।
बैठकमा ममता ब्यनर्जी, अभिषेक ब्यनर्जी, सुब्रत बक्सी र कार्य समितिका अन्य सदस्यहरू सामेल रहनेछन्। बैठकमा संगठनात्मक फेरबदल अनि आगामी विधानसभा चुनाउको रणनीतिमाथि चर्चा हुनसक्छ। शनिवार पश्चिम बंगालका छवटा विधानसभा सीटहरूमा भएको उपचुनाउको परिणाम घोषणा गरिनेछ। यसको दुई दिनपछि सोमवार हुन गइरहेको उक्त बैठकमा पार्टीको भविष्यको रणनीतिमाथि विचार गरिनेछ। तृणमूल कंग्रेसका एकजना नेता अनुसार उपचुनाउको परिणामलाई आगामी विधानसभा चुनाउको लागि तयारीको आधारमा बनाइनेछ। बैठकको अर्को प्रमुख मुद्दा संगठनात्मक फेरबदल हुनसक्छ। यद्यपि अहिलेसम्म कुनै आधिकारिक घोषणा भएको छैन। यस्तो मानिँदछ, यस बैठकमा पार्टीका शीर्ष नेताहरूबीच यस मुद्दामाथि गम्भीर विचार-विमर्श हुनेछ। साथै आगामी विधानसभा र लोकसभाको शीतकालीन सत्रमा तृणमूल कंग्रेसको नीतिमाथि पनि चर्चा गरिनेछ। संसदमा पार्टीको रणनीति के हुनेछ, यसमाथि विचार गर्नसक्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement