बंगाईगाउँ (असम):: बंगाईगाउँ जिल्लाको तालागुड़ी दैनिक बजार नजिक शुक्रवार बिहान भएको सड़क दुर्घटनामा बुवा-छोरीको घटनास्थलमै मृत्यु भएको छ। नाशिर अहमद आफ्नी छोरी शहनाज अहमदलाई स्कूल पुऱ्याउन गइरहेको बेला बाइकलाई ट्रैवलरले अगाड़िबाटै धक्का दिँदा दुवैको ज्यान घटनास्थलमै गयो।घटनाको जानकारी पाउनसाथ स्थानीय मानिसहरूले घटनास्थलमा पुगेर राष्ट्रिय राजमार्ग- १७ लाई अवरुद्ध गरी व्यापक विरोध प्रदर्शन गरे। उग्र प्रदर्शनकारीहरूले ट्रैवलर बसमा आगो लगाइदिए। पुलिसको टीम घटनास्थलमा पुगेर अग्निशमन विभागको सहयोगमा आगोलाई नियन्त्रण गऱ्यो। तथापि बस त्यसबेलासम्ममा पूर्णरूपले जलिसकेको थियो। पुलिसद्वारा स्थानीय मानिसहरूलाई सम्झाइएपछि राष्ट्रिय राजमार्ग सुचारू भयो। पुलिसले दुवै शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि अस्पतालमा पठाइदिेको छ।