कालचिनीको ह्यामिल्टनगञ्जमा भीषण आगलागी, दुई पसल जलेर नष्ट

IMG-20240717-WA0001

अलिपुरद्वार: आज बिहान भएको भीषण आगलागीमा दुई पसल जलेर नष्ट भएका घटना कालचिनी ब्लकको ह्यामिल्टनगञ्जको हाटखोला क्षेत्रमा भएको हो। आज बिहान करिब ५ बजे स्वपन दास र शान्तनु दास नामका दुई व्यवसायीको पसलमा आगलागी भएको हो। केही समयमै आगोले ठुलो रुप लियो। यस पछि, यो जानकारी तुरुन्तै दमकल विभागलाई दिइएको थियो। खबर पाएलगत्तै दमकल घटनास्थलमा पुगेको थियो। दमकलको करिब दुई घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो। यो आगलागी कसरी भयो भन्ने अझै खुल्न सकेको छैन। यस सम्बन्धमा पसलमा करिब डेढ लाख रुपियाँ बराबरको सामान रहेको व्यवसायी स्वपन दासले बताए। सबै जलेर खरानी भएको छ। अर्का व्यापारी शान्तनु दासले मेरो चिया कप र विभिन्न स्टिल सामग्रीको पसल रहेको बताए। यस घटनामा करिब साढे दुई लाख रुपैयाँको क्षति भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement