कालचिनी। कालचिनी खण्डको दलसिंहपाड़ा गोपालबहादुर बस्तीमा डुवर्समा प्रथम गुरुङ तमु बौद्ध गुम्बा निर्माण कार्य आजदेखि शुरु भएको छ। दलसिंहपाड़ाको गोपालबहादुर बस्ती निवासी जमीनदाता मदन गुरुङ लगायत गुम्बा कमिटीको सभापति दिलकुमार गुरुङ, प्रकास गुरुङ, टेके गुरुङ, मिलन गुरुङ र सञ्जीव गुरुङको उपस्थिति अनि धर्मगुरु उमेश गुरुङको पवित्र मनत्रोच्चारणबाट भूमि र खुट्टी पूजापछि निर्माण कार्य शुरू गरिएको सञ्जीव गुरुङले जनाएका छन्।
निर्माणाधीन उक्त गुम्बाको नाम झ्याङ्तर थार्पालिङ गुम्बा नामकरण गरिएको बताउँदै डुवर्स भेगमा यो प्रथम गुरुङ गुम्बा रहेको दाबी गुम्बा कमिटीको पक्षबाट सञ्जीव गुरुङले दाबी गरेका छन्।