सिलगढीबाट कोचबिहारका युवा बेपत्ता, परिवार चिन्तित

IMG-20241122-WA0143

सिलगढी: कोचबिहारको तुफानगञ्जका एक युवक सिलगढीको बिस्कुट कारखानामा काम गर्ने क्रममा बेपत्ता भएका छन्। बेपत्ता युवाको परिवार चिन्तामा दिन बितेको छ। तीन वर्षअघि तुफानगञ्ज चम्टा इलाकाका २६ वर्षीय युवा राणा आर्य सिलगढीको रंगपानी तेन्तुलतला इलाकामा रहेको बिस्कुट कम्पनीमा काम गर्न आएका थिए। उनले त्यहाँ तीन वर्ष काम पनि गरे। यस सम्बन्धमा राणा आर्यका जेठा भाइ राजेश आर्यले भाइसँग ९ तारिख अन्तिम पटक कुरा गरेको बताए। सिलगढीमा राणा भाडामा बसेको घरका मालिकले १३ तारिखमा फोन गरेर आफ्नो घर २ दिनदेखि ताला लगाएको बताए। शुरु त साथीको घर गएको होला जस्तो लाग्यो। त्यसपछि उनको मोबाइल दुई दिनसम्म स्वीच अफ रहँदा धेरै ठाउँमा नभेटिएपछि बागडोग्रा पुलिस चौकीमा उजुरी परेको थियो। आठ दिनदेखि बेपत्ता भएकाले उनको परिवार चिन्तित छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement