झापाबाट साढे ११ करोडको चिया भारत निर्यात

IMG-20241122-WA0152

काकरभिट्टा: झापामा उत्पादित ३ लाख ६४ हजार ४४ केजी तयारी चिया भारत निर्यात भएको छ। नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले रु. ११ करोड ४३ लाख ६१ हजार बराबरको ३ लाख ६४ हजार ४४ केजी चिया भारत निर्यात गरेको हो।
संस्थाका व्यवसाय प्रमुख रवीन्द्र पाण्डेका अनुसार चियाखेती गर्ने किसान सदस्यबाट संकलन भएको चिया भारत निर्यात गरेको हो। इलामको सूर्योदय-१, माइजोगमाई-१ र झापाको मेचीनगर–५ मा संस्थाले तीनवटा चिया प्रशोधन कारखाना सञ्चालनमा ल्याएको छ। इलाममा उत्पादित चियालाई उपभोक्ताले रुचाएकाले त्यहाँ उत्पादित हरियोपत्ती संस्थाले खरिद गर्दै आएको छ। संस्थामा तीन सय ५० जना चिया किसान आबद्ध रहेका र चिया व्यवसायमा १३ करोड लगानी भएको उनले बताए।
संस्थाको चिया व्यवसायमा ५२ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। संस्थाले ‘एनएमसी’ ब्रान्डमा ब्ल्याक टी, अर्थोडक्स टी र ग्रीन टी उत्पादन गर्दै आएको छ।
उत्पादित चियामध्ये १० प्रतिशत स्वदेशमा खपत हुने र बाँकी निर्यात हुँदै आएको जानकारी उनले दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement